सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आध्यात्मिक महोत्सव हुने

सिड्नी, अस्ट्रेलिया — ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आगामी अगस्ट २९ देखि ३१ सम्म सिड्नीमा तीन दिने आध्यात्मिक महोत्सव २०२५ आयोजना गरिने भएको छ। महोत्सवबारे जानकारी गराउन मेरिल्यान्ड्सस्थित बार्दली फंक्शन सेन्टरमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष विष्णु हमालले आजीवन सदस्यता र प्रायोजनको माध्यमबाट सबैलाई सहभागिताको आग्रह गर्दै, यो केन्द्र सम्पूर्ण नेपाली समुदायको गौरव र पहिचानको केन्द्र हुने बताए। उनले मार्क क्यू होम्स मुख्य प्रायोजक तथा अजी फाइनान्स एण्ड होम लोन्स र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्लाटिनम प्रायोजक रहने जानकारी दिए।

महोत्सवको पहिलो दिन १००८ कलश सहितको भव्य कलश यात्रा हुनेछ, जसको संयोजन संस्थाकी सचिव मीना शर्माले गर्नेछिन्। उनले सिड्नीमा नेपाली सामुदायिक केन्द्र निर्माणको अभियानलाई बल दिने उद्देश्यले सबैलाई कलश यात्रामा सहभागी हुन आह्वान गरिन्।

नेपालबाट आध्यात्मिक व्यक्तित्व दिनबन्धु पोखरेल विशेष अतिथि रहनेछन भने सिड्नीका बौद्ध गुरुहरु पनि कार्यक्रममा सहभागी हुनेछन्।

संस्थाका महासचिव डा. प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष हमाल, उपाध्यक्ष उमेश पन्तलगायत पदाधिकारीहरुले पत्रकारका जिज्ञासामा जवाफ दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय