मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय नेपाली खेलप्रेमीहरूको साझा संस्था नेप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरिया (एनसिटीसी) ले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति घोषणा गरेको छ। क्लबले २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि विविध क्षेत्रका प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई कार्यसमितिमा चयन गर्दै क्लबलाई थप सक्रिय, समावेशी र पेशेवर रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यस कार्यकालका लागि क्लबको अध्यक्षमा केशव खत्री चयन भएका छन्। उपाध्यक्षमा शंकर अर्याल र सचिवमा भिष्म गौतम रहेका छन्। अन्य प्रमुख पदाधिकारीहरूमा निरञ्जन पौडेल सह सचिव, सुनिल शर्मा कोषाध्यक्ष, ओम पौडेल प्रायोजक संयोजक र टप कुमार आले सामुदायिक समन्वय संयोजक छन्।
प्रबिन घिमिरेलाई सिनियर प्रतियोगिता संयोजकको रूपमा जिम्मेवारी दिइएको छ भने प्रसिद्ध तुलाधार इमर्जिङ लिग संयोजक बनेका छन्। सुवास घिमिरेलाई कार्यक्रम संयोजकको रूपमा चयन गरिएको छ भने माधव खरेललाई लजिस्टिक संयोजकको भूमिका दिइएको छ।
सार्वजनिक सम्बन्ध सुदृढ बनाउन नारायण कटुवाललाई पब्लिक रिलेसन संयोजकको जिम्मेवारी दिइएको छ। यसैगरी, ससेन्द्र केसी ‘मेंटोर’ को रूपमा रहेका छन्। साधारण सदस्यहरूको रूपमा बिजया कटुवाल र रितेश बास्तोला कार्यसमितिमा समावेश छन्।
सल्लाहकारहरूको सूचीमा राजेन्द्र कार्की, विष्णु पैयानी, नागेन्द्र बोहरा, रेशम अधिकारी र सन्दीप भण्डारी रहेका छन्।
क्लबका नवनिर्वाचित अध्यक्ष खत्रीले भने, “हामीले विविध पृष्ठभूमिबाट प्रतिनिधित्व हुने गरी यो कार्यसमिति गठन गरेका छौँ। आगामी दिनमा टेनिसलाई नेपाली समुदायमा अझ विस्तार गर्दै युवा पुस्तालाई आकर्षित गर्न सक्ने कार्यक्रमहरू ल्याउने हाम्रो प्राथमिकता हुनेछ।”
एनसिटीसी भिक्टोरियाले नेपाली समुदायलाई खेलमार्फत एकत्रित गर्दै स्वास्थ्य, सहकार्य र सद्भावको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रतियोगिता र सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।