तस्वीरः गत बर्षको भलिवल प्रतियोगिता
मेलवर्न । ‘हाम्रो कम्युनिटी’ ले ३५ं उमेर समूहका खेलाडीहरु सहभागि हुनेगरी बहुसांस्कृतिक भलिबल प्रतियोगिता आयोजना गरेको छ । आगामी २० जुलाई २०२५ मा क्यारोलिन स्प्रिङ्स स्पोर्ट्स सेन्टरमा बिहान ८ बजे देखि साँझ ६ बजे सम्म तय गरिएको उक्त प्रतियोगितामा नेपाली समुदायसँगै अन्य समुदायका खेलाडीहरुपनि सहभागि हुने विश्वास लिइएको छ ।
अजि फाइनान्सको मुख्य प्रायोजन तथा आइसिएस इन्टरनेशनल र ८८४८ फेमिली मार्टको विशेष सहयोगमा आयोजित प्रतियोगितामा हालसम्म १० समूहले समूहदर्ता गराएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको दर्ता शुल्क ३ सय डलर तोकिएको छ भने पहिलो पुरस्कार १ हजार ५ सय, र दोस्रो पुरस्कार १ हजार डलर रहेको छ ।
थप जानकारीको लागि आयोजकका ओम पौडेल र बिष्णु पैयाँनीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
यस किसिमको खेलकुद कार्यक्रममा विभिन्न समुदायबीचको सहकार्य र मित्रता बलियो बनाउने विश्वास गरिएको छ। आयोजकहरूले स्वस्थ प्रतिस्पर्धा, सामाजिक एकता र मनोरञ्जनात्मक वातावरण सृजना गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरेको बताए ।
विगतका बर्षहरुमा नेपाली समुदायमा मात्रै केन्द्रित रहेर आयोजना गरिने गरिएकोमा यस पटक अन्य समुदायलाई पनि सहभागि गराउन लागिएको कम्युनिटीले जनाएको छ ।