प्रतिभा शाहद्वारा एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज उपसंयोजकमा उम्मेदवारी घोषणा

मेलबर्न– प्रतिभा आर.एल. शाहले एनआरएनए अष्ट्रेलियाको नारी निकुञ्ज उप उपसंयोजकको उम्मेदवारी घोषणा गरेकी छन्। आगामी सन् २०२५–२०२७ का लागि उम्मेदवारी घोषणा गर्दै शाहले महिला सशक्तिकरण, नेपाली संस्कृतिको संरक्षण, र सबै पिढीहरूको एकता बढाउने उद्देश्य व्यक्त गर्दै उक्त उम्मेद्वारीको घोषणा गरेकी हुन् । कनेक्ट नेपालीसँग कुराकानी गर्दै उनले आफ्ना प्राथमिक उद्देश्यहरूमा महिला नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने, नयाँ आप्रवासी र विद्यार्थीहरूको मार्गदर्शन गर्ने, मानसिक स्वास्थ्य र घरेलु हिंसाविरुद्ध जागरूकता फैलाउने, र नेपालका दुर्गम क्षेत्रहरूमा च्यारिटी कार्यक्रमलाई सुदृढ बनाउने रहेको बताइन् ।

शाहको समाजसेवामा सक्रियता विद्यार्थी जीवनबाटै सुरु भएको हो। भारतको मुम्बईस्थित सेंट जेवियर कलेजमा अध्ययन गर्दा उनले दृष्टिहीन व्यक्तिहरूको सहयोगमा XRCVC (जेवियर रिसोर्स सेन्टर फर दी विस्वली च्यालेन्ज्ड) मा स्वयंसेवा गरेकी थिइन्। नेपालमा पनि उनले विभिन्न ग्रासरुट परियोजनामा सहभागी भएर सामूहिक प्रयासहरूको महत्त्व बुझिन्। अष्ट्रेलिया आएपछि, उनले नेपाली संघ भिक्टोरिया (NAV), फरवेस्टर्न नेपाल एसोसिएशन अफ भिक्टोरिया (FWNSV) र मेलबर्न नेपाल इन्क जस्ता संस्थाहरूमा रहेका काम गरेकी छन् ।

हाल नारी निकुञ्ज भिक्टोरिया सदस्यको रूपमा सक्रिय रहेकी उनले उपसंयोजक पदमा घोषणा गर्दै आगामी २६ जुलाई, २०२५ मा हुने निर्वाचनमा मतदान गरेर सहयोग गर्न अपील गर्दै सबै नेपाली समुदायसँग एकजुटता र सशक्तिकरणको लागि काम गर्ने आह्वान गरिन्। उनले भनिन्, ‘हामी सबै मिलेर नेपाली डायस्पोरा समुदायको समृद्धि र महिला सशक्तिकरणका लागि काम गरौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय