तस्वीरः एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदका प्रतिस्पर्धीहरु क्रमशः सन्तोष कुँवर, भैरव ढकाल र सञ्जीव गोर्खाली ढकाल
मेलवर्न । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको बहुप्रतिक्षित राष्ट्रिय निर्वाचन आज शनिबार बिहान ७ बजेबाट सुरु भएको छ। निर्वाचन आयोगले तोकेको अनुसारी मतदान साँझ ६ बजेसम्म अनलाइन माध्यमबाट जारी रहनेछ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालले यस प्रक्रियालाई “प्रजातान्त्रिक अभ्यासमा सबै सदस्यहरूको सक्रिय सहभागिता” को ऐतिहासिक अवसरको रूपमा चित्रण गरेका छन्।
एनआरएनए अष्ट्रेलियाका सबै योग्य सदस्यहरूले आफ्ना दर्ता गरिएको एसएमएस वा इमेलमार्फत व्यक्तिगत भोटिङ लिंक प्राप्त गरिसकेका छन्। आयोगले मतदातालाई आफ्नो भोटिङ लिंक अरूसँग सेयर नगर्न स्पष्ट निर्देशन दिएको छ, किनभने प्रत्येक सदस्यले एकपटक मात्र मतदान गर्न पाउनेछन्।
मतदान प्रक्रियामा सहयोगका लागि हटलाइन सेवा
यदि भोटिङको क्रममा कुनै समस्या देखा परेमा, आयोगले तत्काल सहयोगका लागि हटलाइन सेवा उपलब्ध गराएको छ:
📞 हटलाइन नम्बर: १३०० ८०२ ७४९
🕖 समय: बिहान ७:०० बजेदेखि साँझ ६:०० बजेसम्म (अष्ट्रेलियन स्थानीय समय)
निर्वाचनको लागि तयार गरिएको भिडियो गाइड
निर्वाचन आयोगले अनलाइन मतदान कसरी गर्ने भन्ने विषयमा चरणबद्ध भिडियो निर्देशन पनि तयार पारेको थियो, जुन हिजो शुक्रबार सबै योग्य मतदातालाई पठाइएको थियो।
एनआरएनए अष्ट्रेलियाको यो निर्वाचनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको नेतृत्व चयन गर्नेदेखि भविष्यको योजना निर्माणमा समेत गम्भीर प्रभाव पार्ने विश्वास गरिएको छ।
एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदको लागि तीन जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने अन्य पदहरुमा पनि उल्लेखनीय उम्मेद्वारी परेको छ । अध्यक्षमा भैरव ढकाल, सञ्जीव गोर्खाली ढकाल र सन्तोष कुँवर प्रतिस्पर्धामा छन् ।