एनआरएनए आईसीसी सदस्यमा दीपक अधिकारी निर्वाचित

मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा भिक्टोरियाका दीपक अधिकारी अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा निर्वाचित भएका छन्। उनले ६,६११ मत प्राप्त गर्दै विजयी भएका हुन्।

दीपक अधिकारी लामो समयदेखि एनआरएनए अष्ट्रेलियाको राज्य र राष्ट्रिय तहमा सक्रिय भूमिका निभाउँदै आएका अनुभवी अभियन्ता हुन्। यसअघि उनी राज्य समन्वय परिषद् (SCC) को सह–सचिव (२०२१–२०२३) तथा हालको कार्यकालमा ICC प्रतिनिधि का रूपमा कार्यरत थिए।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै अष्ट्रेलिया र नेपालमा रहेका नेपाली समुदाय तथा सामाजिक सञ्जालमार्फत अधिकारीलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ।

अधिकारीले विजयपछि प्रतिक्रिया दिँदै भनेका छन्, “म एनआरएनएको अन्तर्राष्ट्रिय संरचनामा रहेर संस्थागत सुधार, आजीवन सदस्यताको सम्मान, पारदर्शिता, समावेशिता र वास्तविक सहभागीमूलक प्रतिनिधित्वका लागि निरन्तर आवाज उठाउनेछु।”

अब अधिकारीले आगामी दुई वर्षको कार्यकालमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मा प्रतिनिधित्व गर्दै अष्ट्रेलियाली नेपाली डायस्पोराको मुद्दाहरू, हकहित, र अधिकार सुनिश्चित गर्ने अभियानलाई अन्तर्राष्ट्रिय तहमा लैजाने बाचा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय