Photo – 9News
मेलवर्न । सेप्टेम्बर ४ विहिबार राति अष्ट्रेलियाको भिक्टोरियास्थित उत्तरी भेगमा पर्ने ह्युम फ्रिवेमा भएको दुर्घटनामा परी दुई नेपाली महिलाहरुको निधन भएको छ ।
भिक्टोरिया प्रहरीले दिएको जानकारी अनुसार क्र्यागिबर्न नजिकै ह्युम फ्रिवेमा घाइते कंगारुलाई मद्धत गर्ने क्रममा अर्काे गाडीले ठक्कर दिदा ती दुई नेपाली नर्सहरुको निधन भएको हो ।
निधन हुने मध्ये एक महिला बेभरेज र अर्काे महिला थोमसटाउन बस्ने गरेको जनाइएको छ ।
कारलाई ठक्कर दिने कारका चालक घटनास्थल मै रहेर अनुसन्धानमा सहयोग गरेको प्रहरीले जनाएको छ ।
बेभरेज बसोबास गर्ने महिलाको घटनास्थलमा मृत्यु भएको र अर्को एकजनालाई तत्कालै एयर एम्बुलेन्स मार्फत रोयल मेलबर्न हस्पिटल लगिएको थियो । अस्पताल पुगेको केही समयमा चिकित्कहरुले उनलाई पनि मृत घोषित गरेका थिए ।
प्रहरीले घटनासँग सम्बन्धित कुनै भिडियोहरु भएको खण्डमा जानकारी दिन अनुरोध गरेको छ । उक्त घटनाले मेलवर्नको नेपाली समुदाय शोकमा परेको छ ।