२ प्रहरीको हत्या आरोप लागेका फ्रिम्यानको पक्राउमा सहयोग गर्नेलाई १० लाख डलर

मेलबर्न । भिक्टोरियाको परपंका भन्ने ठाँउमा २ प्रहरीको हत्या गरेको आरोप लागेका फरार डेजी फ्रिम्यानको पक्राउमा सहयोग गर्न भिक्टोरिया प्रहरीले सबैसामू आग्रह गरेको छ ।

१२ दिनसम्म लगातार खोजी गर्दा पनि भेटाउन नसकेपछि प्रहरीले उक्त व्यक्तिलाई कतै देखेर प्रहरीलाई खोज्न सहयोग गरे १० लाख डलर पुरस्कार दिने समेत बताएको छ ।

५६ वर्षीय फ्रिम्यान – जसले आफूलाई ‘सोभरेन सिटिजन’ मान्छन, १२ दिनदेखि प्रहरीको खोजीमा छन् ।

परपंका भन्ने ठाँउमा अनुसन्धानमा खटिएका प्रहरीको टोलीमाथि उनले गोली चलाएको प्रहरीको भनाई छ । जसमा दुई जनाको निधन भएको थियो भने एक जना प्रहरी अधिकारी घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर