बालेन भन्छन् – फेसबुक बन्द हुँदा तनाव हुने रहेछ !

काठमाडौं । सरकारले हिजोदेखि सामाजिक सञ्जालहरू चल्नबाट रोक लगाएसँगै यसका पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।

विभिन्न २६ वटा सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय सरकारले गरेको हो ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसबारे प्रतिक्रिया दिएका छन् ।

प्रायजसो: सामाजिक सञ्जालबाटै आफ्ना भनाइहरू राखिरहने मेयर शाहले ‘फेसबुक बन्द हुँदा तनाव हुने रहेछ’ भनेर आफ्नो अनुभव शेयर गरेका छन् ।

‘फेसबुक बन्द गरेर नि तनाव हुँदो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए,’ बालेनले फेसबुकमै लेखेका छन्, ‘बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भाषण दिनेहरूलाई ।’

प्रतिक्रिया

सम्बन्धित खवर