अस्ट्रेलियामा समस्यामा परेका विध्यार्थिलाई सघाउन नेपालि सस्था दर्ता

 

अस्ट्रेलिया / अन्तराष्ट्रिय विद्यार्थीलाई भविष्यमा आइपर्ने समस्यामा सघाउन सिड्नीमा नेपालीले हालै एक संस्था दर्ता गरेका छन् । अस्ट्रेलियामा बसोबास गर्दै आएकी समाजसेवी तथा कलेज संचालक रञ्जु थापाको सक्रियतामा एससिसिएम फाउण्डेसन संचालनमा ल्याइएको हो ।
सिड्नीमा एक कार्यक्रम गरि उक्त फाउण्डेसनको उद्घाटन गरिएको छ । संस्थाकी अध्यक्ष सृष्टी शाहले फाउण्डेसनले अब अष्ट्रेलियामा पढिरहेका जो सुकै विदेशी विद्यार्थीलाई समस्या पर्दा सघाउनका लागि संस्था संचालनमा आएको बताउनुभयो ।

घरेलु हिंसा, मानसिक समस्या र आर्थिक समस्यामा परेका विद्यार्थीलाई सघाउन संस्थाले योजनाहरु बनाउने छ शाहले भन्नु भयो । विद्यार्थीलाई प्रशिक्षण र आवश्यक सेवा लिन सघाउने मात्र होइन कि विभिन्न कारणले आथिक समस्यामा परेकाहरुको शैक्षिक शुल्क समेत तिरिदिने फाउण्डेसनको तयारी रहेको शाहले बताउनुभयो । फाउण्डेसनमा हाल सृष्टी बाहेक अन्य ४ जनाले स्वयमसेवीको रुपमा काम गरिरहेका छन् ।

फाउण्डेसनले विभिन्न व्यक्ति, व्यवसायी र निकायहरुबाट सहयोग जुटाउनेछ । जसमा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले समेत सहयोग गर्ने बताइएको छ । अन्तराष्ट्रिय विद्यार्थीको समस्या कम गर्न फाउण्डेसन महत्वपुर्ण भूमिका खेल्न सक्ने भएकाले सबै मिलेर सहयोग गर्न समेत सृष्टीले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय