बिग एजुकेसन कन्सल्टेन्सीले फुटसल प्रतियोगिता गर्ने, बिजेतालाई ५० हजार नगद पुरस्कार

काठमाडौं । विदेश अध्ययनमा जाने नेपालि विध्यार्थिहरुलाई परामर्श दिदै आएको बिग एजुकेसन कन्सल्टेन्सीले फुटसल प्रतियोगिता गर्ने भएको छ। सामाजिक उत्तरदायित्वलाई मध्य नजर गर्दै कन्सल्टेन्सीले आगामी साउनमा ५ ‘ए’ साइट ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आयोजकले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन १४ गते हुने जानकारी गराएको छ ।

प्रतियोगिता ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुनेछ । खुल्ला प्रतियोगितामा सहभागिता जनाउन प्रति टिम ४ हजार दर्ता शुल्क राखिएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई फुटसल बुट, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा बिग एजुकेसन कन्सल्टेन्सी नै रहेको छ । बिगत १० वर्ष देखि उक्त कन्सल्टेन्सीले नेपालि विध्यार्थिहरुलाई विदेश अध्ययनका बारेमा सहि काउन्सिलिङ्ग प्रदान गर्दै आइरहेको छ।

विशेष गरि कन्सल्टेन्सीले अस्ट्रेलिया ,युके ,क्यानाडा ,जापान ,अमेरिका लागायतका मुलुक केन्द्रित सेवा प्रदान गरिहहेको छ। यसका साथै आइएलटियस ,पीटिई,जापानिज जस्ता भाषा कक्षाहरु पनि संचालन गर्दै आइरहेको छ। प्रतियोगितामा सहभागी खेलाडीले विदेश अध्ययन गर्न चाहेमा कन्सल्टेन्सीले विशेष छुट दिने संचालक सुरज केसीले जानकारी दिनुभयो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय