न्युजिल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक नुवाकोटे महिला पक्राउ परेका छन् ।विदुर -७ तुप्चे घर भई काठमाडौ बुढानिलकण्ठ -३ बस्ने शोभा पौडेल पक्राउ परेका हुन।
घटना विवरण अनुसार सिन्धुलीको दुधौली न.पा. वडा नं . १ बँका घर भई हाल काठमाडौको तिनकुने बस्ने वर्ष ३१ को नारायण बोगटी समेत ९ जनालाई न्युजिल्याण्ड जानको लागि प्रतिव्यक्ति रु . १२,५०,००० / – ( अक्षेरुपी बाह्र लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ , न्युजिल्याण्ड पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा Fruit keeping को काम लगाइदिन्छु ,मासिक रु .१,७०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु . ६३,२०,००० / – ( अक्षरुपी त्रिसट्ठी लाख बिस हजार रुपैयाँ मात्र ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट खटिएको टोलिले पक्राउ गरेको हो।
यश सम्बन्ध थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर , काठमाडौँ पठाईएको छ।