विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढ्यो,तरलता समस्या हट्ने अपेक्षा

विदेशी मुद्राको सञ्चिति गत जेठ महिनामा बढेको छ ।

चालु आर्थिक वर्षको बैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलरले विदेशी मुद्राको सञ्चिति बढेको हो । ०७९ बैशाख मसान्तसम्म ९ अर्ब २८ बरोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति जेठ मसान्तमा ९ अर्ब ४५ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आयातमा गरिएको कडाइ, रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, बैदेशिक अनुदान र ऋणमा वृद्धि भएपछि विदेशी मुद्राको सञ्चिति बढेको अनुमान गरिएको छ।

विदेशी मुद्राको सञ्चिति बढेसँगै देशको भुक्तानी सन्तुलनमा पनि सुधार देखिएको छ । बैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँले ऋणत्मक रहेको भुक्तानी सन्तुलन जेठमा २ खर्ब ६९ अर्ब रुपैयाँले ऋणात्मक छ । यो सगै आर्थिक स्थितिमा सुधार र तरलता समस्या समाधान हुने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय