रुसले युक्रेनका सबै नागरिकलाई तुरुन्तै नागरिकता दिने घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले नागरिकता फास्ट ट्य्राकबाट दिने घोषणा गरेका छन् । यसअघि युक्रेनको पूर्वी र दक्षिणतर्फ क्षेत्रका बासिन्दालाई मात्रै फास्ट ट्रयाकको नागरिकता दिने कार्यविधि रहेको थियो ।
पुटिनको यो घोषणाको बारेमा हालसम्म युक्रेनका अधिकारिहरुले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् ।
२०१९ मा रुसले डोनेत्स्क र लुहाँस्क क्षेत्रका बासिन्दाका लागि यस्तो घोषणा गरेको थियो । विद्रोहीको नियन्त्रणमा रहेको यो दुई क्षेत्रमा ७ लाख २० हजारभन्दा बढी बासिन्दाले हालसम्म रुसी राहदानी प्राप्त गरेका छन् । जुन कुल जनसंख्याको १८ प्रतिशत संख्या हो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको तीन महिनापछि गत मे महिनामा जपोरिझ्झिया र खेर्सोन क्षेत्रमा यसै प्रस्ताव गरिएको थियो ।
युक्रेनको दोस्रो ठूलो सहरमा क्षेप्यास्त्र आक्रमण गरेको समयमा रुसले नागरिक दिने प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने निर्णय गरेको हो ।