सुगम र नविनले मेलवर्नमा मच्चाए ‘धमाका’, दशैंमा बन्यो रोचक माहोल

मेलवर्न । सहि हो इन्टरटेन्मेन्टको आयोजना तथा कफि यात्रा प्रोडक्सनको सहआयोजनामा मेलवर्नमा नेपाली बहुचर्चित कलाकारहरुले दशैं धमाका मच्चाएका छन् । डाँफे कन्सलटेन्सीको प्रस्तुती तथा तासकलेजको मुख्य प्रायोजनमा दशैंको मौका पारी महाअष्टमीको दिन मेलवर्न शहरमा उक्त कार्यक्रम गरिएको थियो ।

नेपालका बहुचर्चित कलाकारहरु सुगम पोखरेल, नविन के भट्टराई, आदेश पौडेल लगायतको भव्य प्रस्तुतीमा मेलवर्नका नेपालीहरु झुमेका थिए । करिब ६ सय भन्दा बढी नेपालीहरु सहभागि रहेको उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको सहि हो आयोजक समूहका सदस्य पि.डी. कृष्ण सापकोटाले बताए ।

उनले कार्यक्रम सोँचे भन्दा भव्य बन्न सफल भएको भन्दै यसले यहाँ रहेका नेपालीहरुलाई एकआपसमा भेटघाट गर्ने र खुशीयाली साटासाट गर्ने अवसर पनि प्राप्त भएको बताए ।

स्थानीय कलाकारहरु समिक्षा नेपाल, कुश नेपाल तथा नेपास क्र्युको नृत्य प्रस्तुती रहेको उक्त धमकेदार उत्सवको सञ्चालन सुदिप बन्जारा र मेलिशा गिरीले गरेका थिए ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आईसीएस इन्टरनेशनल एजुकेशन एन्ड भिजा सर्भिसेस, डेस्टीनी फाइनान्स एन्ड होमलोन, नमस्टे रेमिटान्स, जाम ग्रोसरीज, ग्लेन इन्सिटट्युट, जाम नेपाली बजार, केडिँग डायरी अष्ट्रेलियाले स्पोन्सर गरेका थिए । ट्राभल पार्टनरमा बुद्ध ट्राभल एन्ड टुर्स तथा रोक्जी किचन एन्ड बारले हस्पिटालिटी पार्टनरको भूमिका निभाएको थियो ।

दशैंको अवसरमा नेपालीहरु जम्मा भएर खुशीयाली साटासाट गर्न पाएकोमा उपस्थितहरु दंग परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय