मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा दशैं र तिहारको अवसरमा विशेष समारोह हुने भएको छ ।
यही आगामी आइतवार विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म भिक्टोरियाको कोबर्ग भन्ने स्थानमा दशैं तिहारको शभुकामना आदान प्रदान कार्यक्रम गरिएको न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले बताए ।
उनका अनुसार यहाँ रहेका नेपालीहरुमा एकता, सदभाव कायम गर्न तथा पर्वको खुशीयाली साट्ने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा बार्बीक्यू, दैउसी भैलोसँगै स्थानीय कलाकारहरुसहित भव्य मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । त्यस्तै जमघट र उत्साहपूर्ण कार्यक्रम पनि हुने उप्रेतीले बताए । कोबर्गमा हुने उक्त कार्यक्रममा तिहारविशेष विभिन्न प्रस्तुतीहरु रहने सचिब माधब खरेलले बताए ।
त्यस्तै त्यस्तै कार्यक्रमको संयोजक ललिशा थापाले नेपालीहरुमा आपसी एकताको निम्ती यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
उक्त कार्यक्रममा यहाँ रहेका नेपाली संघसंस्थाहरु तथा भिक्टोरियन मल्टीकल्चरल कमिशनको पनि सहयोग रहेको छ । विस्तृत जानकारीको निम्ती अध्यक्ष उप्रेती, सचिव खरेलसहित कार्यक्रम संयोजक ललिशा थापा, सहसंयोजक दीप चन्द र लक्ष्मण सन्ज्याललाई सम्पर्क गर्न सकिने भएको छ ।
अध्यक्ष उप्रेतीले उक्त अवसरमा हालै भिक्टोरियाको विभिन्न क्षेत्रमा आएको बाढीको कारण प्रभावित भएका व्यक्तिहरुलाई सहयोग गर्न आर्थिक संकलन पनि गरिने बताए । केही दिनदेखिको बर्षाको कारण भिक्टोरियाको सेफर्टनसहित विभिन्न क्षेत्रमा बाढी आएको कारण सयौं मानिसहरु प्रभावित भएका छन् ।