मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा दशैं र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आगामी आइतवार विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म भिक्टोरियाको कोबर्ग लेकमा दशैं तिहारको शभुकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
अध्यक्ष प्रेमराज उप्रेतीले यहाँ रहेका नेपालीहरुमा एकता, सदभाव कायम गर्न तथा पर्वको खुशीयाली साट्ने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उक्त अवसरमा चर्चित गायक आरज केशवको विशेष सांगीतिक प्रस्तुतीले तिहारको माहोलमा रौनक थपेको थियो भने उपस्थित दर्शकहरु नाचेर रमाइलो गरेका थिए । त्यसैगरी न्याभसँगको सहकार्यमा फारवेस्ट नेप्लिज सोसाइटी भिक्टोरियाका कलाकारहरुले देउसी भैलो प्रस्तुत गरेको थियो ।
त्यस्तै त्यस्तै कार्यक्रमको संयोजक ललिशा थापाले नेपालीहरुमा आपसी एकताको निम्ती उक्त कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीसहित, एनआरएनए आईसीसी उपाध्यक्ष दूर्गा आचार्य, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष टोनु गोथाने, एनआरएनए अष्ट्रेलिया अध्यक्ष तथा भिक्टोरिष्या राज्य संयोजक हरि खड्का, सिएनसी अध्यक्ष सुरज पोखरेल, न्याभका पूर्व अध्यक्ष रन्जन बैद्य, गुल्मी समाज भिक्टोरियाका पूर्वअध्यक्ष गान्धी प्रसाद भट्टराई, न्याभ सल्लाहकार सुनिल भण्डारी, लेवर पार्टी टार्नेटका अध्यक्ष महेश भण्डारी लगायतले दीपावलीको शुभकामना सन्देश दिएका थिए । कार्यक्रमको सञ्चालन सचिब माधव खरेलले गरेका थिए भने संयोजकको भूमिका ललिशा थापाले निभाएकी थिइन् ।
उक्त कार्यक्रममा यहाँ रहेका नेपाली संघसंस्थाहरु तथा भिक्टोरियन मल्टीकल्चरल कमिशनको पनि सहयोग रहेको थियो ।
अध्यक्ष उप्रेतीले उक्त अवसरमा हालै भिक्टोरियाको विभिन्न क्षेत्रमा आएको बाढीको कारण प्रभावित भएका व्यक्तिहरुलाई सहयोग गर्न आर्थिक संकलन पनि गरिएको बताए । न्याभका कोषाध्यक्ष एकेन्द्र तिमल्सिनाले उक्त अवसरमा बाढी पिडीतहरुको सहयोगार्थ करिब २ हजार डलर सहयोग प्राप्त भएको जानकारी दिए । जसमा क्रयानबर्न नेपाली भाषा विद्यालयको तर्फबाट ५ सय, जनसम्पर्क समिति अष्ट्रेलियाबाट २०१, नर्दन नेबरहुड कम्युनिटीबाट एक सय डलर सहयोगको प्रतिबद्धता भएको छ ।
केही दिनदेखिको बर्षाको कारण भिक्टोरियाको सेफर्टनसहित विभिन्न क्षेत्रमा बाढी आएको कारण सयौं मानिसहरु प्रभावित भएका छन् ।