सिड्नी । न्यू साउथ वेल्स राज्य सरकारले सार्वजनिक विदा ऐन २०१० लाई संशोधन गरेको छ । हरेक जुन महिनामा एनएसडब्लू जुन विकेन्डमा दिइने विदाको नाम अब राजा चार्ल्स तृतियको नाममा दिइने भएको छ । राजा चार्ल्स तृतियको सम्मानमा सरकारले विदाको नाम परिवर्तन गरेको हो ।
यसअघि स्व. महारानी इलिजावेथको जन्मदिनलाई सार्वजनिक विदा दिइने गरिएको थियो । राजी एलिावेथको निधनपछि राजगद्दी चार्ल्स तृतियले सम्हालेका छन् । उनैको नाममा विदा दिइने भएको हो ।
उक्त संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ भने १३ जनवरी २०२३ बाट कार्यान्वयनमा आउने भएको छ । विदाको नाम मात्र परिवर्तन गरिएको छ । विदा हरेक जुन महिनाको दोस्रो सोमबार नै दिइने छ । यद्यपि राजा चार्ल्स तृतियको जन्मदिन १४ नोभेम्बरमा हो ।
मन्त्री डेमियन टुडेहोपले महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि नाम परिवर्तन गर्नु परेकोमा दुःखको स्पर्श भएको बताए।
अष्ट्रेलियाले बेलायतको राजसंस्थालाई नै आफ्जो राजसंस्थाको रुपमा मान्दै आएको छ । ८ सेप्टेम्बर २०२२ मा बेलायतमा ७० बर्षसम्म शासन गरेकी महारानी एलिजावेथको निधन भएको थियो ।