मेलवर्नमा ‘रैला एक्स नाइट’ पार्टी हुँदै

मेलवर्न । नेप्ले इभेन्टको आयोजनामा मेलवर्नमा एक्स हेलोइन नाइट हुने भएको छ ।

आइतवार कोलिन्स स्ट्रीटमा स्थानीय कलाकारहरुसहितका रैला नाइट एक् हलोविन पार्टी हुने भएको हो । एडमायर इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य आयोजनामा हुन लागेको उक्त कार्यक्रममा अष्ट्रेलियामा चर्चित स्थानीय कालाकारहरुले सांगीतिक प्रस्तुती हुने छ ।

मुख्य प्रायोजक एडमायर इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीका निर्देशक दीपक अधिकारीले यस कार्यक्रममा नेपालीहरु एक आपसमा जमघट गर्न र सम्बन्ध गाँस्नको निम्ती उपयोगी हुने भन्दै आफूहरु आवद्ध भएको बताए । यो मेल्बर्नकै ठूलो हलोवीन पार्टी भएको भन्दै आयोजकले फायर ब्रेथर शो,स्पूकी क्यारेक्टर रोमिङ्ग, एक्स ओटिक मस्मराइजिङ्ग डान्सर, फायर क्यानन्स, लो-फ्लाइङ्ग क्लाउड इफेक्ट र कन्फेट क्यानन्सको कारण कार्यक्रमको आकर्षण बढेको बताएका छन्।

त्यसैगरी डिजे सुशी र रुक्यानले भव्य सांगीतिक माहोल प्रदान गर्ने भएका छन् । उक्त अवसरमा डिसेम्बर ११ को दिन गर्न लागिएको सांगीतिक कार्यक्रमबारे पनि जानकारी दिइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय