हाम्रो कम्युनिटीले गर्यो ‘खसी कप’, टीम बी बन्यो विजेता

मेलवर्न । हाम्रो कम्युनिटीले तिहारको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण खसी कप शनिवार सम्पन्न भएको छ । अध्यक्ष प्रकाश अर्यालले वेरेबीको एगल स्टेडियममा शनिवार साँझ भएको उक्त प्रतियोगितामा टीम बी प्रथम भएको जानकारी दिए ।

उक्त मैत्रीपूर्ण खेलमा हाम्रो कम्युनिटी अन्तर्गतका ३ समूहहरुवीच प्रतिस्पर्धा भएको थियो । विजेता टोलीमा शंकर अर्याल, प्रदीप सापकोटा, रामहरी सापकोटा, कृष्ण कार्की, सुवास घिमिरे, प्रकाश थापा मगर रहेका थिए । उत्कृष्ट खेलाडीहरुलाई मेडलसहित सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगीतामा उत्कृष्ट डिफेन्सको उपाधि रामहरी सापकोटाले पाएका छन् भने उत्कृष्ट स्पाइकरको उपाधि विष्णु पैयानी र उत्कृष्ट सेटरको उपाधि कृष्ण कार्कीले पाएका छन् ।

उक्त समाजले पछिल्लो समय नेपालीहरुमा एक आपसमा सदभाव कायम गर्ने ध्येयका साथ भलिवलसहित विभिन्न खेलकूद गतिविधि गर्दै आएको छ । त्यस्तै पर्वविशेषमा सांस्कृतिक कार्यक्रम तथा नेपाल र नेपालीको हकहितको निम्ती विभिन्न सकारात्मक रचनात्मक कामहरुमा समाज संलग्न हुँदै आएको अध्यक्ष अर्यालले बताए ।

उनले यसपटकको खसी कपले खेलाडीहरुको मनोबल बढ्ने, उनीहरु अभ्यस्त हुने र भविष्यमा हुने अन्य विभिन्न प्रतियोगितामा सहभागि हुनको निम्ती एक निपूर्ण समूह तयार हुनेमा विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय