मेलवर्नमा नेपालकै झल्को दिनेगरी यसरी मनाइयो छठपर्व

मेलवर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुले भव्य रुपमा छठपर्व मनाएका छन् । छठपर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको थियो भने सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो ।

अष्ट्रेलियाको मेलवर्नमा अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) सँगको सहकार्यमा मधेसी कम्युनीटि भिक्टोरियाको विशेष आयोजनामा छठपर्व मनाइएको हो । एएनएमसीले निर्माण गर्न लागेको बहुसांस्कृतिक केन्द्र स्थलमा विधिवत रुपमा पूजाआजासहित छठपर्व मनाइएको हो । जसमा सयौं नेपालीहरुले उपस्थिती जनाएको मधेसी समुदाय भिक्टोरियाका अध्यक्ष डा. सुरेन्द्र रौनियारले जानकारी दिए ।

विगत १० बर्षदेखि समाजले छठपर्व मनाउँदै आएको छ भने पहिलो पल्ट एनएएमसीको जग्गामा रहेको पोखरीमा पूजा गरिएको हो । मौसमले दिएको चूनौतिको वाबजूद पनि तीन सय भन्दा धेरै मानिसहरुले उपस्थित भएर पूजाआजा गरेकोमा रौनियारले खुशी प्रकट गरे ।

नेपालबाहिर पनि नेपालीहरुको मौलिक संस्कृति रहेको भन्दै सन्देश यस अवसरले दिएको भन्दै रौनियारले नेपालीहरु जहाँ बसेपनि आफ्नो संस्कृति बिर्सन सक्दैनन भन्ने पुष्टि भएको बताए ।

भिक्टोरिया आफैमा बहुसांस्कृतिक ठाँउ रहेको भन्दै उनले समाजले २०१२ देखि नै छठपर्व मनाउन थालेको बताए । यद्यपि संस्था आधिकारिक रुपमा २०१४ मा स्थापना भई विभिन्न सांस्कृतिक गतिविधिहरुलाई बढावा दिइरहेको छ ।

कसरी संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने भन्ने मूल उद्धेश्य संस्थाको रहेको भन्दै उनले नेपाली पर्वहरु दशैं, तिहार, छठपर्व, होली, मकर संक्रान्ती तथा मधेसी मनोन्जन साँझ मनाउने गरिएको बताए । यहाँ रहेका नेपालीहरुको विभिन्न कलाहरुलाई बाहिर ल्याउने उद्धेश्यका साथ संस्थाले मधेसी साँझ मनाउने गरेको छ ।

केही तस्वीरहरु:

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय