मेलवर्न । अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)ले अधिवेशन बोलाएको छ ।
केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाउनको निम्ती अधिवेशन तथा साधारण सभा आयोजना गरिएको हो । आगामी नोभेम्बर २० गते निर्वाचन तथा २७ गते साधारणसभा बोलाइएको हो ।
जसको निम्ती केन्द्रको बैठकले निर्वाचन समिति गठन गरेको छ । भोला गिरी संयोजक रहेको निर्वाचन कमिटिको सदस्यहरुमा डा. सुरेन्द्र रौनियार, गणेश अधिकारी, माधुरी मास्के र श्री पन्थ रहेका छन् ।
कार्यक्रम स्थल भने केही दिनमा टुँगो लाग्ने अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।
आगामी दुई बर्ष २०२२-२०२४ को निम्ती नयाँ नेतृत्व चयन हुने भएको अध्यक्ष आचार्यले बताए । २०२० नोभेम्बरमा भएको पछिल्लो पटकको अधिवेशनले आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । उक्त कमिटिको कार्यकालमा कोभिडको समयमा १२० जना भन्दा बढी आजीवन सदस्य थप्न सफल भएको, केन्द्रले बनाएको मास्टर प्लान अनुसार काम गर्न १५ एकर जग्गा मन्दिर र सांस्कृतिक काम गर्नको निम्ती काउन्सिलबाट स्वीकृति लिइएको, नाममा पास गरिएको, मास्टर प्लानकै निम्ती गाला डिनर मार्फत एक लाख ५५ हजार डलर संकलन भएको, पहिलो पटक आफ्नै जग्गामा दशैंतिहार, छठपर्व मनाउन सफल भएको, भिक्टोरिया सरकारबाट बहुसांस्कृतिक केन्द्र बनाउनको निम्ती ३ लाख डलर अनुदान प्राप्त भएको लगायतका कामहरु गर्न सफल भएको आचार्यले बताए ।
यस अवधिमा पूरानो वक्यौता संकलन, मास्टरप्लान, आईटी लगायतको क्षेत्रमा एएनएमसीले आधार तय गरेको उनले बताए ।
यस्तो छ निर्वाचन तालिका: