काठमाडौं । आइसिसी टी–२० विश्वकपमा आज इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा ब्रिस्बेनमा सुरु हुनेछ । सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्ड आज विजयी हुँदा सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ ।
उपाधि दाबेदार इंग्ल्यान्ड यस खेलमा पराजित हुँदा बाहिरिने लगभग पक्कापक्की हुनेछ । त्यसैले इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब छ । अव न्युजिल्यान्डले शुक्रवार आयरल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्ड आज विजयी हुँदा ७ अंक हुनेछ । जुन सेमिफाइनल खेल्न पर्याप्त बन्नेछ ।
यता इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदा आयरल्यान्डसँग वर्षाको कारण ५ रनले पराजित भएको थियो । अष्ट्रेलियासँग अंक बाँडेको थियो ।
यता इंग्ल्यान्ड यस खेलमा जित्नै पर्ने हुन्छ । इंग्ल्यान्डले अन्तिम खेल शनिवार श्रीलंकासँग खेल्नेछ । ७ अंकका साथ सेमिफाइनल खेल्न जित्नै पर्ने हुन्छ । इंग्ल्यान्ड आजको खेलमा पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने सम्भावना उच्च हुनेछ । अष्ट्रेलिया ५ अंकका साथ दोस्रो स्थानमा छ । अन्तिम खेल अष्ट्रेलियाले शुक्रवार अफगानिस्तानसँग खेल्नेछ ।
आजको पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाबीच अहिले खेल जारी छ ।