मेलवर्न । नेपलिज एसोसिएसन अफ भिक्टोरियासँगको सहकार्यमा फारवेस्ट नेपाली सोसाइटी अफ भिक्टोरियाले देउसी भैलो सम्पन्न गरेको छ ।
एनआरएनए वेयलफेयर फन्डकै अभियान अन्तर्गत मेलवर्नमा नेपालकै झल्को मेटाउने गरी समाजले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक दीप चन्दले जानकारी दिए ।
उनले देश र समाजबाहिर रहेपनि नेपाली समुदाय आफ्नो संस्कृति संरक्षण र प्रवर्धनमा अघि रहेको भन्दै सोही अभियान अन्तर्गत भैलो खेलिएको बताए ।
उक्त भैलोको क्रममा मनोरञ्जन मात्र नभएर यहाँ हुर्कदै गरेका बालबालिकाहरुलाई भैलोको परिचय गराउन पनि महत्वपूर्ण भएको कार्यक्रम सहसंयोजक लक्ष्मण सन्ज्यालले बताए ।
सो भैलोको क्रममा भिक्टोरियाको सेफर्टनमा गएको बाढीले प्रभावित बनेकाहरुलाई सहयोग गर्नको निम्ती १ हजार ५ सय डलर समेत संकलन गरि सहयोग गरिएके थियो ।
मनोरञ्जन मात्र नभएर समुदायको सहयोगको निम्ती पनि यो भैलो कार्यक्रम सफल भएको संयोजक चन्दले बताए । त्यसैगरी संयोजक चन्दले समय अभावको कारण सबैको घरमा घरदैलो गर्न नसकिएको भन्दै निम्ता गर्ने सहभागी हुने सबैप्रती आभार व्यक्त गरे । उनले आगामी दिनमा सबैसंग थप सहकार्य गरि समाज अघि बढ्ने प्रतिबद्धता जनाए ।
हेरौं केही तस्वीरहरु