एएनएमसीको अध्यक्ष पदमा गान्धी भट्टराईको उम्मेद्वारी, यस्ता छन् एजेन्डाहरु

मेलवर्न । अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को आगामी दुई बर्षे कार्यकालको निम्ती गान्धी प्रसाद भट्टराईले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

हाल कार्यकारी सदस्यको रुपमा काम गरिरहेका उनले यही २० नोभेम्बरको दिन हुन लागेको नयाँ कार्यसमिति चयन प्रक्रियामा अध्यक्ष पदको दावेदारी प्रस्तुत गरेका हुन् । अष्ट्रेलिया आएसँगै यहाँको नेपाली समुदायको हकहित, संस्कृति संरक्षण, विस्तार आदिमा संलग्न भएर समाजसेवा गर्दै आएका भट्टराईले अहिले एएनएमसीको सदस्यको रुपमा काम गरिरहेका छन् । अधिकतम सामाजिक कार्यहरुमा आफ्नो उपस्थिती जनाउने भट्टराईले यसअघि गुल्मी समाज भिक्टोरियामा २ बर्षे कार्यकाल अध्यक्षको रुपमा र महासचिवको रुपमा ४ बर्ष गरी ६ बर्ष सेवा गरेका छन् ।

युवा र खेलकुदलाई एकआपसमा जोड्ने ध्येयसहित स्थापित रोयल वेस्टर्न क्लबको कार्यकारी सदस्यको रुपमा काम गरिरहेका भट्टराईले २००८ सालदेखि प्रत्यक्ष र परोक्ष रुपमा नेपाली समुदायको सेवकको रुपमा काम गरिरहेका छन् ।

उनले एएनएमसीले लिएको बहुसांस्कृतिक केन्द्रको गुरुयोजनालाई अघि बढाएर नेपाली मन्दिर, सामुदायिक केन्द्र निर्माण गरी भाषा र संस्कृतिलाई भावी पुस्तासम्म पुर्याउने र जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्षको उम्मेद्वारी घोषणा गर्दै उनले आफ्ना एजेन्डाहरुसमेत सार्वजनिक गरेका छन् ।

पढौं उनले सार्वजनिक गरेको घोषणापत्र र एजेन्डाहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय