काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ को निर्वाचन संविधान च्यात्न खोज्नेविरुद्धको सँघर्ष भएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र डडेलधुराको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान च्यात्ने काममा ओलीको ठुलो भुमिका रहेको आरोप लगाउदै संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह गरे ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन् । त्यसकै लागी देउवा दुई दिनदेखि नै चुनाव प्रसार प्रसार र भेटघाटमा व्यस्त छन्।