डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै आयोग सर्वोच्चमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ की उम्मेदवार डा तोसिमा कार्कीको खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा पुगेको छ ।

निर्वाचन आयोगले ‘लाभको पद’का सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा आपत्ति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ ।

कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशमा आयोगको असहमति प्रकट गरेको हो ।

सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको निर्वाचन आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेको हो ।

निर्णय लगत्तै ११ पेज लामो निवेदन लिएर निर्वाचन आयोगको टोली सर्वोच्च अदालत पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय