बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने एक वडाध्यक्ष पक्राउ

काठमाडौ । बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने १ वडाध्यक्ष पक्राउ परेका छन् ।

बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा उनले तालावन्दी गर्दा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय नै बन्द भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले निर्वाचनका कामकारबाही प्रभावित हुने भन्दै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय