बेलायतमा सन्नी शाहीले जितिन् ‘मिसेस् नेपाल युनिभर्स’को उपाधि

लन्डन । बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् ।यो बर्षको ‘मिसेस् नेपाल युनिभर्सको प्रतिस्पर्धामा सहभागी अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिसेस् नेपाल युनिभर्स ’को उपाधि जितेकी हुन् ।लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् ।

मिसेस् नेपाल युनिभर्स वीनर भएपछि शाहीले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन पाउनेछिन् । उनले पब्लिक च्वाइस उपाधि पनि जितिन् । कार्यक्रमकी प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ र सन् २०१८ की विजेता बिनु लामिछानेले ताज पहिराइदिएका थिए ।

उक्त सौन्दर्य प्रतियोगितामा विमला बुढाथोकीले फष्ट रनर अप बनेर मिसेस नेपाल वल्र्डवाइड उपाधि पाएकी छन् । निर्णायकहरु कविता घर्तीमगर र कन्चन डंगोलले उक्त उपाधि दिए । रिना अधिकारी सेकेन्ड रनरअप भएर मिसेस नेपाल युरोप ०२२ उपाधि पाएकी छन् ।

सन् २०१८ की सेकेन्ड रनर अप विजेता सबु सेन्चुरी र जज स्वेता हुसेनले सो उपाधि दिएका थिए । त्यसैगरि, थर्ड रनर अप उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनालले पाएका छन् । बेलायतका नेपालीमाझ विश्वसनीय गहना पसलका रुपमा लोकप्रिय न्यू लक्ष्मी ज्वेलर्सकी प्रबन्ध निर्देशक सञ्चालिका व्यवसायी लक्ष्मी राईले उक्त उपाधि दिएकी थिइन् । फोर्थ रनर अप उपाधि निष्मा बनले पाइन् । मिसेस यूके नेपाल २०१७ वीनर आस्था जोशी बटाजुले उक्त उपाधि दिइन् । प्रतियोगितामा १४ विवाहित महिला सहभागी थिए ।

सब टाइटिलमा वेष्ट स्माइल बिनिता बस्नेत, वेष्ट कल्चरल ड्रेस हिना थापा, वेष्ट लर्नर प्रमिला केसी, वेष्ट पर्सनालिटी रिना अधिकारी, वेष्ट क्याटवाक श्रीजा डंगोल, मिसेस मोटिभेटर मिनु शाह, वेष्ट फिगर बिनिता अधिकारी खनाल, वेष्ट ब्युटीफुल फेस निष्मा बन, वेष्ट एक्टिंग सविता श्रेष्ठ, वेष्ट कन्फिडेन्स शोभा क्षेत्री, पब्लिक च्वाइस सन्नी शाही, मिसेस टयालेन्ट उपाधि विमला बुढाथोकी, ब्युटी फर चेन्ज उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनालले पाए ।

गायिका शर्मिला बर्देवा, नेपलिज नर्सेस एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम र मिसेस नेपाल यूके २०१८ वीनर बिनु लामिछानेले सब टाइटिल प्रदान गरेका थिए । मिसेस एन्जल हार्ट उपाधि बिनिता बस्नेतले पाइन् । बिनु गोदार थापाले उनलाई उक्त टाइटिल प्रदान गरिन् ।

उक्त प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका व्यक्तिहरु स्वेता हुसेन, कन्चन डंगोल, दीपक थापा र कविता घर्तीमगर गुरुंग निर्णायकको रुपमा रहेका थिए । सो अवसरमा ब्युटी फर चेन्जको गुडवील एम्बासडर सुनिता श्रेष्ठलाई घोषित गरिएको छ ।

लन्डन फेसन हाउसकी निर्देशक डंगोलले उनलाई ताज पहिराइदिएकी थिइन् । लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण गर्ने उद्देश्यले प्रतियोगिता गरिएको लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले बताइन् ।

महिला सशक्तिकरण अधिकारका लागि लडाईंमात्र होइन्, उनीहरुलाई स्वतन्त्र, उद्यमी र आत्मविश्वासी बनाउनु पनि भएको उनले बताइन् । कार्यक्रमका अवसरमा फिने यूके कार्यसमिति समेत घोषणा गरियो जसमा अध्यक्ष मनिषा डंगोल श्रेष्ठ, उपाध्यक्षहरु विनोद बराल, विनोद श्रेष्ठ, महासचिव सजनी लामा, सहसचिव सन्तोषी कार्की, बन्दना केसी छन् । टिमलाई पछि विस्तार गरिने जनाइएको छ ।

  • शिब भण्डारी, लण्डननेपालन्यूज

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय