मेलवर्नमा हाम्रो कम्युनिटीले हिज्जे प्रतियोगिता गर्दै, बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने प्रयास

मेलवर्न । हाम्रो कम्युनिटीले अष्ट्रेलियाको भिक्टोरियामा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न लेख्न प्रेरित गर्ने ध्येयका साथ नेपाली भाषाको हिज्जे प्रतियोगिता गर्ने भएको छ ।

क्रिसमसको अवसरमा यही २५ डिसेम्बरको दिन क्रिसमस बार्बीक्यू गर्दै हिज्जे, घैटोफोर प्रतियोगिता, नाँचगान लगायतका मनोरञ्जनात्मक प्रतियोगिताहरु आयोजना गरिएको हाम्रो कम्युनिटीका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए ।

‘अष्ट्रेलियामा हुर्कदै गरेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति पनि पुस्तान्तरण गर्न जरूरी हुन्छ’, अर्यालले कनेक्टनेपालीसँग भने, ‘त्यसैको लागि हामीले हिज्जे प्रतियोगिता आयोजना गरेका हौं ।’

उनले अहिले यो पहिलो पटक हिज्जे प्रतियोगिता आयोजना भएको भन्दै आगामी दिनमा विशेष पुरस्कारको साथमा अझै बढी प्राथमिकता दिइने समेत जानकारी दिए ।

ब्रिमबैंक पार्क, केलरइस्टमा सो कार्यक्रम हुनेछ ।

हाम्रो कम्युनिटीले यहाँ रहेका युवाहरुमा खेलकुदजन्य गतिविधिहरुमा सामेल गराउँदै आएको छ । त्यस्तै नेपाली भाषा, कला र संस्कृति संरक्षणको अभियानमा पनि नियमित रुपमा काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय