मेलवर्नमा नेप्ले इभेन्ट्सले धमाका गर्दै, ‘द एज ब्याण्ड’सहितको टीम आउँदै

मेलवर्न । अष्ट्रेलियाको विभिन्न शहरहरुमा नेपाली राष्ट्रिय कलाकारहरुसहितको विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको नेप्ले इभेन्ट्सले मेलवर्नमा चर्चित कलाकारहरुसहितको अर्काे इभेन्ट गर्न लागेको छ ।

पछिल्लो समय युवा पुस्ताहरुमाझ लोकप्रिय रहेका र्यापपर लाहुरे अर्थात आशिष राना मगर, द एज ब्याण्ड, बेक्चा’सहितको विशेष उपस्थितीमा यही आइतवार मेलवर्नको टूरकमा इभेन्ट गर्न लागिएको नेप्लेका निर्देशक सन्जय शाहले जानकारी दिए ।

उनले अष्ट्रेलियामा रहेका नेपालीहरुमा भावनात्मक एकता कायम गर्दै रम्न अनि रमाउनको निम्ती यो कार्यक्रम गरिएको भन्दै हालसम्म करिब १ हजार भन्दा बढी टिकट विक्री भइसकेको जानकारी दिए । कार्यक्रम यही आइतवार साँझ ४४५ टुरक रोड, टुरकमा हुने छ । सहभागि व्याण्डलाई अष्ट्रेलिया टुर नै गराइएको थियो ।

इभेन्टको मुख्य प्रायोजन एडमायर इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले गरेको छ । एडमायरका निर्देशक दीपक अधिकारीले युवापुस्तामाझ लोकप्रिय कलाकारहरुको साथमा गर्न लागिएको कार्यक्रममा आफ्नो व्यावसायको माध्यमबाट योगदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरुमा एडमायरको तर्फबाट सक्ने सहयोग प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे । उक्त इभेन्टमा आगमन रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय