मेलवर्नमा नवआगन्तुक विद्यार्थीहरुलाई निशुल्क ‘रिमूभल’ सेवा दिदै एनवाइएमए

फाइल तस्वीर

मेलवर्न । मेलवर्नमा युवाहरुको टोलीले अष्ट्रेलियामा हालै आएका विद्यार्थीहरुको निम्ती निशुल्क रुपमा घर तथा डेरा सर्नको निम्ती रिमूभल सेवा दिने भएको छ ।

नेपाली युवा मिशन अष्ट्रेलिया (एनवाइएमए) नामक एक संगठन नै बनाएर मेलवर्न आउने र आइसकेका नवआगन्तुक नेपाली विद्यार्थीहरुको निम्ती आफूहरुले हप्तामा एक दिन निशुल्क रिमूभल सेवा दिन लागिको उक्त संगठनका प्रस्तावक सनराइज ज्ञावलीले जानकारी दिए ।

उनले आफूहरुको टिमले हप्तामा एक दिन अष्ट्रेलिया आएको अधिकतम ६ महिना मात्रै भएका विद्यार्थीहरुको निम्ती आवास व्यवस्थापन गर्न रिमूभलको सेवा दिने जानकारी दिए ।

ज्ञावलीले आफू शुरूमा अष्ट्रेलिया आएपछि आवास तथा डेरा सर्ने क्रममा निकै दुःख पाएको भन्दै अहिले आइरहेका विद्यार्थीहरुलाई केन्द्रीत गर्दै सेवा दिने जानकारी दिए । उनीहरुको संगठनले अष्ट्रेलिया आएको दिनदेखि ६ महिनासम्मका विद्यार्थीहरुलाई मात्रै सेवा दिनेछ । ६ महिना भन्दा लामो समयदेखि बसिरहेका विद्यार्थीहरुले भने यो सेवा पाउने छैनन् ।

सनराइज सेभ्स एनर्जी नामक कम्पनीमा आवद्ध रहेर व्यावसाय गरिरहेका ज्ञावलीे नेपालीहरु एकजुट भएर सुखदुखमा एक अर्काको सेवा गर्नुपर्ने बताए ।

‘हामीले अष्ट्रेलिया भर नै यो अभियान चलाउने निधो गरेका छौं,’ उनले भने, ‘भर्खरै अष्ट्रेलिया आएका विद्यार्थीहरुलाई विमानस्थलमा पिकप र आवासको सुविधा प्रवन्ध गर्नेतर्फपनि तयारी गरेका छौं ।

लाभान्वित हुन चाहने विद्यार्थीले ०४०२२७२३४१ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय