फाइल फोटो, स्रोत – गूगल
सिड्नी । अष्ट्रेलियामा अध्ययन गर्न आएका एक नेपालीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
पश्चिम सिड्नीमा केहीदिन अघि भएको मोटरसाइकल दुर्घटनामा परी भक्तपुर ठिमीका २१ बर्षीय नेपाली विद्यार्थीको निधन भएको एनआरएनएले जनाएको छ ।
कामबाट फर्कने क्रममा आफ्नै मोटरसाइकल दुर्घटनामा परेर उनको निधन भएको हो ।
उक्त दुर्घटनाबारे सिड्नी प्रहरीले पनि पुष्टि गरेको छ । ३ वर्ष अघि अष्ट्रेलिया आएका यी विद्यार्थी हालैमात्र नेपाल गएर मोटरसाइकलको लाइसेन्स लिएसँगै यहाँपनि बाइक चलाउन थालेको बताइएको छ । ती विद्यार्थीको शव नेपाल पठाउने तयारी भइरहेको एनआरएनएले जनाएको छ ।