सिडनीमा तेस्रो माघी महोत्सव हुँदै, तयारीमा जुट्यो थारु सोसाइटी

सिड्नी । थारू समुदायको महान पर्व मानिने माघी पर्व सिडनीमा भव्यताका साथ मनाइएको भएको छ ।

थारु सोसाइटीको आयोजनामा सिड्नीमा माघी महोत्सवको तेस्रो संस्करण गर्दै उल्लासका साथ मनाउने तयारी गरिएको थारु सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए ।

यही जनवरी १५ अर्थात माघ १ गतेको दिन दिउसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रम विटलाम पार्कमा हुदैछ। जुन टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको छ । थारू रितिरिवाज अनुसारका नाच गान, पहिरन र खान पिन सहित हुने उक्त कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटि अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई निम्तो दिएको छ ।

कार्यक्रममा नेपाली समुदायका सबै नेतृत्वहरुलाई बोलाइएको भन्दै उनले विशेष अतिथिको रुपमा नेपालबाट आएका अभिभावकहरुलाई सम्मान गर्ने तयारी रहेको समेत जानकारी दिए ।

थारु सोसाइटीले थारु समुदायका भाषा, कला, संस्कृति, पर्वहरुको उत्थानमा विशेष योगदान दिनेगरी कार्यक्रमहरु गर्दै आएको छ । सोसाइटीले कार्यक्रमबारे थप विवरणहरु केही समयमा सार्वजनिक गर्ने जनाएको छ ।

कोभिडको समयमा दुई बर्ष कार्यक्रम गर्न नपाइएको भन्दै चौधरीले यसपटकको विशेषरुपमा कार्यक्रम गर्ने गरी तयारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय