मेलवर्नमा भव्य बन्यो ‘तीज धमाका’, दर्शकले हल खचाखच, तस्वीरमा हेर्नुहोस्

मेलवर्न । काठमाडौं ब्रोडकास्टिङ चयानल (केबीसी)को टुर संयोजन तथा गुल्मी समाज भिक्टोरिया, केसी समाज र नेप्लीज एसोसियसन अफ साउथइस्ट मेलवर्नको आयोजनामा अष्ट्रेलियाको मेलवर्नमा भव्य र सभ्य रुपमा तीज धमाका सम्पन्न भएको छ ।

सोमबार बाला बाला कम्युनिटी सेन्टरमा नेपालका बहुचर्चित राष्ट्रिय कलाकारहरुको साथमा भव्य रुपमा तीज धमाका २०७९ सम्पन्न भएको हो । सो अवसरमा बहुचर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले हल तताएका थिए । त्यसैगरी पछिल्लो समय निकै चर्चित बहुचर्चित गायिका रचना रिमालको जादुमय स्वरले सबै दर्शकलाई मन्त्रमुग्ध बनायो ।

बर्षाैसम्म खाडीमा पसिना बगाएर स्वदेश फर्किई हास्य व्यंग्यको क्षेत्रमा यात्रा गरिरहेका बरिष्ठ कमेडी निर्देशक तथा चर्चित टेली सिरिज सक्किगोनीका ‘काकु’ अर्थात दिपक आचार्य र सोही टेलीसिरिजका ‘एदुमे’ तथा क्यारिकेचरका बादशाह सुबोध गौतमले हसाउने मात्र होइन दर्शकलाई देशभक्तिको मायाले भावुक समेत बनाए ।

करिब ५ सय मानिसहरु उपस्थित रहेको सो कार्यक्रममा सोचेभन्दा धेरै दर्शकको सहभागिता मध्यभागमा आउने दर्शकलाई प्रवेश निषेध नै गर्नुपरेको थियो । तीज धमाकाको मुख्य सहजकर्ता रहेको गुल्मी समाज भिक्टोरियाका अध्यक्ष माधव खरेलले कार्यक्रम सोँचेभन्दा पनि बढी सफल रहेको प्रतिक्रिया दिए । उनले भने, ‘दर्शकको भव्य उपस्थिती र समर्थन, प्रायोजकको माया तथा कलाकारको भव्य प्रस्तुतीले कार्यक्रम सफल बनायो ।’ उनले कोभिड महामारी तथा विविध कारणबश अघिल्लो बर्षहरुमा तीजमा नाँच्न नपाएकाहरुले पनि खुलेर नाँच्ने मौका पाएको बताए ।

तीज संस्कृतिको संरक्षण मात्र नभएर यहाँ जन्मिएका बालबालिकाहरुलाई आफ्नौ मौलिक कला, भाषाको हस्तान्तरणमा पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाई छ ।

त्यसैगरी केसी समाजका अध्यक्ष केसी लाल कंडेलले यस प्रकारका कार्यक्रमले नेपालीहरुलाई एक आपसमा सम्बन्ध बढाउने र एकताकद्ध हुने कुरामा सहयोग पुग्ने विश्वास व्यक्त गरे भने नेप्लीज एसोसियसन अफ साउथइष्ट मेलवर्नका अध्यक्ष भिष्म पाठकले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्न सबैसँग सहकार्य गरिने बताए ।

उक्त कार्यक्रम ग्रेस इन्टरनेशनलले मुख्य प्रयोजन गरेको थियो भने ब्लुबेरी रियल स्टेट, एडमायर इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, फ्रेस विन्डो, आईसीएस इन्टरनेशनल एजुकेशन एन्ड भिजा सर्भिसेज, हंग्री हाइकर इन्डीयन एन्ड नेपाली रेष्टुरेन्टले समेत स्पोन्सर गरेका छन् । त्यस्तै आगमन रेष्टुरेन्टले फुड स्टलको रुपमा रहेर सेवा दिएको थियो ।

कार्यक्रमको सञ्चालन अनिश शर्मा गैरे र सिमरन महर्जनले गरेका थिए । कार्यक्रममा गुल्मी समाज भिक्टोरियाको तर्फबाट दुई टोलीले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम संयोजन सचिव प्रिया गौतमले गरेकी थिइन् ।

गुल्मी समाज भिक्टोरियाले आफ्नो स्थापनाकाल देखिनै कला संस्कृति संरक्षण, मानवीय सहयोगात्मक तथा अष्ट्रेलिया तथा नेपालमा रहेका नेपालीहरुमाथि पर्ने आपतविपदमा सहयोग गर्दै आएको छ । समाज नितान्त समाजिक कार्य गर्ने संस्था भएको हैसियतले भावी दिनहरुमा पनि नेपाली कला, संस्कृतिलाइ जगेर्ना गर्नका लागि निम्ती विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्ने अध्यक्ष खरेलले प्रतिबद्धता जनाए ।

हेरौ अन्य तस्वीरहरु

     

 

 

प्रतिक्रिया

सम्बन्धित खवर