मेलवर्नमा साहित्यिक श्रष्टाहरुको जमघट हुँदै, न्याभले जुटायो अवसर

मेलवर्न । नेप्लिज एसोसियसन अफ भिक्टोरियाले न्याभ दिवस तथा न्याभ कपको अवसरमा मेलवर्न साहित्यिक मञ्च (रचना वाचन कार्यक्रम) गर्ने भएको छ ।

न्याभको साहित्य विभागका संयोजक लक्ष्मण सञ्ज्यालले अष्ट्रेलियामा रहेर साहित्य विधा लेख्न, सुन्न तथा सुनाउन मन पराउनेहरुलाई ध्यानमा राखी सो कार्यक्रम राखिएको जानकारी दिए ।

उनका अनुसार यही ७ जनवरीको दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म कोबर्गमा उक्त कार्यक्रम राखिएको भन्दै यसले साहित्य प्रेमीहरुको जमघट बढाउने बताए ।

उनले भने, ‘केही वर्ष देखी मेल्बर्नमा नेपाली साहित्यको माहोल एकदमै कम भएको आभास हुन्छ, यसलाई कम गर्नको निम्ती न्याभमार्फत यो कार्यक्रम गरिएको हो ।’

उनले मेलबर्न र आसपासमा रहेका सबै नेपाली साहित्यका अग्रज श्रष्टाहरुहरु देखी साहित्यमा रुची राख़्ने, लेख्न मन पराउने नयाँ पुस्तासम्मलाई एकै ठाँउमा ल्याएर सिर्जनात्मक माहोल बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने समेत बताए ।

‘नेपाली भाषा, साहित्यको संरक्षण, तथा संवर्द्धन गर्ने ध्येयका साथ यो कार्यक्रम लिएर आएका छौ, सबैलाई चुलैनिम्तो छ’, उनले भने ।

सञ्ज्यालले विगत केही बर्षदेखि मेलवर्नमा साहित्यिक कार्यक्रम नभएको भन्दै अहिलेको प्रस्तुतीले नयाँ माहोल सिर्जना गर्ने बताए । केही समयपछि विशेष प्रतिस्पर्धात्मक साहित्यिक प्रतियोगिता गर्ने तयारी भएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय