लिसवन । गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर ३, स्थायी घर विगत ४ बर्षदेखि पोर्चुगल बसोबास गर्दै आएका एक युवाको असामयिक निधन भएको छ ।
मुनपा ३ घर भएका करिब ३० बर्षिय बाबुराम घिमिरेको गत सोमबार राति पोर्तोमा अल्पआयूमा नै असामयिक निधन भएको एनआरएनए पोर्चुगलले पुष्टि गरेको छ ।
पोर्चुगलमा कामको समस्या, आर्थिक उन्नतिमा बाधा तथा घरपरिवारको अपेक्षालाई पूरा गर्न नसक्दा कतिपय नेपालीमा नैराशयता एवं मानसिकरुपमा समस्या देखिने गरेको छ।
बाबुरामको हकमा पनि अपेक्षा र आवश्यकता पूरा गर्न नसक्दा उनी आत्महत्या सम्म पुगेको हुन सक्ने उनका निकटस्त साथीहरु बताउछन्। मृतकको शव व्यवस्थापनका सन्दर्भमा गुल्मी समाज पोर्चुगलले आर्थिक सहयोगका लागि विशेष अपिल गरेको छ।
समाजका वरिष्ठ उपाध्यक्ष अमृत रिजालका अनुसार जति सक्दो आर्थिक सहायता जुटाएर शव व्यवस्थापनका लागि तयारी गरिएको छ। सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासिलाई एकताबद्ध भएर सहयोग गर्न विशेष आग्रह गरेका छन्।
रकम जम्मा गर्न चाहनेका लागि खाता निम्न रहेको छ। खाता नम्बर :PT50003300004548441239705