विमान दुर्घटना : भोलि राष्ट्रिय झण्डा आधा झुकाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा पनि गरेको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

आइतवार विहान १०स्३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११स्०० बजेको समयमा सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर