काठमाडौँ । सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा पनि गरेको हो ।
गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।
आइतवार विहान १०स्३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११स्०० बजेको समयमा सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

