काठमाडौं । सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको हो।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । आजको भेटमा नागरिकता विवादमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने नबनाउने विषयमा छलपल भएको बुझिएको छ । यस्तै राष्ट्रिपति निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।

