प्रचण्ड र ओलीबीच भेटवार्ता, गृह मन्त्रालय र राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनमा खटपट परिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको हो।

त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । आजको भेटमा नागरिकता विवादमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने नबनाउने विषयमा छलपल भएको बुझिएको छ । यस्तै राष्ट्रिपति निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय