सुनको मूल्य घटेर आज तोलाको १ लाख ११ हजार ९ सय पुग्यो

कठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय