कठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।