काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेट भएको छ। राष्ट्रपतिभवन शीतलनिवासमा आज शनिबार बिहान उनीहरुबीच भेट भएको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा मुलुकको समसामयिक लगायतका विषयमा छलफल भएको थियो।

