प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने आजको बैठकमा बहुप्रतिक्षित संघीय निजामती विधेयक पेश हुने कार्यसूची रहेको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्नेछन्। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गरेकी थिइन्। वि​विधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमा घटाइएको छ।

आजको बैठकमा संघीय निजामती विधेयक प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेलगायतका कार्यसूची रहेको संघीय संंसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर