काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने आजको बैठकमा बहुप्रतिक्षित संघीय निजामती विधेयक पेश हुने कार्यसूची रहेको छ ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्नेछन्। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गरेकी थिइन्। विविधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमा घटाइएको छ।
आजको बैठकमा संघीय निजामती विधेयक प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेलगायतका कार्यसूची रहेको संघीय संंसद सचिवालयले जनाएको छ।

