काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी विभाजन गर्न सहज नभएको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कुभलो नचिताउन आह्वान पनि गरे ।
यस्तै उनले अहिलेसम्म बुझ्दा पार्टी विभाजन गर्ने अवस्था नदेखिएको बताए । समाचार आएकाले आफूहरु आत्तिएको सुनाए ।
त्यस्तै, जनता समाजवादी पार्टी विभाजन भएपछि समाजवादी मोर्चामा संकट देखिएको बताए ।

