गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेससहितको गठबन्धनको तर्फबाट डा. चन्द्र भण्डारीले जित निकालेका छन् ।
उनले नेकपा एमालेका नेता प्रदीप ज्ञावलीलाई हराएका हुन् ।
यसअघि ज्ञावलीले भण्डारीलाई हराएका थिए भने अहिले डा. भण्डारीले उनलाई हराएका हुन् । भण्डारीले ३२२२७ मत ल्याउँदा ज्ञावलीले ३०९३५ मत प्राप्त गरेका छन् ।
यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ । दुई उम्मेद्वारवीच रोचक प्रतिस्पर्धा भएको थियो ।