गुल्मी क्षेत्र १ः रोचक प्रतिस्पर्धाका बीच डा. चन्द्र भण्डारी विजयी

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेससहितको गठबन्धनको तर्फबाट डा. चन्द्र भण्डारीले जित निकालेका छन् ।

उनले नेकपा एमालेका नेता प्रदीप ज्ञावलीलाई हराएका हुन् ।

यसअघि ज्ञावलीले भण्डारीलाई हराएका थिए भने अहिले डा. भण्डारीले उनलाई हराएका हुन् । भण्डारीले ३२२२७ मत ल्याउँदा ज्ञावलीले ३०९३५ मत प्राप्त गरेका छन् ।

यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ । दुई उम्मेद्वारवीच रोचक प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय