घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं। नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन्। भूसाल शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्।

एमालेमा आन्तरिक संघर्ष चर्किदा भूसाल माधव नेपाल खेमामा थिए। तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए।

गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गर्नु भएको थियो।

निर्वाचनमा उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए। एकीकृत समाजवादीमा फर्किन लागेका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय